NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

इन्टर कोपा इटालियाको सेमिफाइनलमा

काठमाडौं । इन्टर मिलानले कोपा इटालिया फुटबलको सेमिफाइनल यात्रा तय गरेको छ ।

गएराति सम्पन्न खेलमा एट्लान्टालाई १–० गोलान्तरमा परास्त गर्दै इन्टरले अन्तिम चारको यात्रा सुनिश्चित गरेको हो ।

दुवै टिमले खेलको पहिलो हाफमा बराबरी खेलेका थिए । दोस्रो हाफको ५७ औं मिनेटमा माटियो डार्मेनले इन्टरका लागि गोलको खाता खोलिदिए । जुन गोल इन्टरको जितमा निर्णायक बन्यो ।

खेल दौरान एट्लान्टाले पनि गोल गर्ने अवसर सिर्जना नगरेको होइन । तर यसका खेलाडी त्यसलाई सदुपयोग गर्न चुके ।

ताजा अपडेट

नेपालवाच विशेष