शीर्ष स्थानको सिटी बराबरीमा रोकियो, लिभरपुललाई फाइदा
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा सिटी तुलनात्मक कमजोर क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो ।
यस बराबरीसँगै सिटीले २९ खेलबाट ७० अंक जोडेको छ ।
बराबरीका बाबजुद पनि सिटी शीर्ष स्थानमा यथावत रहेको छ ।
क्रिस्टल प्यालेस भने ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
सिटीको बराबरीले दोस्रो स्थानको लिभरपुललाई फाइदा पुगेको छ । लिभरपुलले सिटीसँगको अंक दूरी ४ मा झारेको छ ।
सिटीभन्दा एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया