जनक शिक्षामा दिनभर धर्ना, गेट तोडफोड
काठमाडौं । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियूले दिनभर धर्ना दिएर घेराउ गरेको छ ।
जनक शिक्षालाई भ्रष्टाचारको अखडा बनाएको, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कमिसनका खेलमा लागेर पुस २९ गते कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी छापाखानालाई छाप्न दिने निर्णयको गरेको भन्दै त्यसको विरोधमा धर्ना दिएर घेराउ गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए ।
शिक्षा मन्त्रालयले निजी छापाखानालाई पुस्तक छाप्न दिन गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने, जनक शिक्षालाई भ्रष्टाचार मुक्त बनाउनुपर्ने, भ्रष्टाचार गर्नेलाई कारबाही गर्नु पर्नेलगायतको माग राखेर धर्ना तथा घेराऊ गरेको उनले बताए ।
जनक शिक्षालाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने र विद्यालय तहको सबै पाठ्यपुस्तक केन्द्रलाई नै छाप्न दिनुपर्ने माग राख्दै धर्नामा उत्रिएका थिए । विद्यार्थीले विरोधका क्रममा जनक शिक्षाको गेट तोडफोड गर्न खोज्दा क्षति पुगेको केन्द्रका प्रवक्ता चित्रराज आचार्यले बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया