फेरि अर्का खेलाडीले पनि छाडे देश
काठमाडौं । नेपाली फुटबल टिमका मिडफिल्डर विशाल राई अस्ट्रेलियातर्फ लागेका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरू एकपछि अर्को गरी विदेश पलायन भइरहेका बेला राईले पनि त्यही बाटो रोजेका हुन् ।
राष्ट्रिय टिमका सदस्य राई मच्छिन्द्र फुटबल क्लबमा समेत आबद्ध थिए ।
मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठले राई अस्ट्रेलिया प्रस्थान गर्नुअघि विमानस्थलको तस्बिर सार्वजनिक गर्दै उज्ज्वल भविष्यको कामना गरेका छन् ।
भविष्य अन्योलपूर्ण बनेपछि पछिल्लो समय नेपाली राष्ट्रिय टिममा रहेका तथा सम्भावना बोकेका खेलाडी अस्ट्रेलिया पलायन भइरहेका छन् । केही समयअघि मात्रै तेज तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ र नितिन थापा मगर पनि अष्ट्रेलिया उडेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया