निफको जुरीमा प्रियंका र इन्द्रलाल
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरी कमिटीमा अभिनेत्री प्रियंका कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित भएका छन् ।
निफका अध्यक्ष केपी पाठकले अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी छोटा तथा वृत्तचित्र जुरी कमिटीमा मनोनित भएको जानकारी दिए । अभिनेत्री कार्कीले दर्जनौँ फिल्ममा अभिनय गरेकी छ भने बलामी माया एनिमेसन एकेडेमीका संस्थापक छन् । ।
आगामी चैत २ देखि ६ सम्म काठमाडौँमा आयोजना हुने निफमा पाँच जना जुरीमध्ये तीन जना विदेशी चलचित्र निर्माता हुनेछन् । यस वर्ष छनोट भएर दोस्रो चरणमा पुगेका ३५ देशका ९५ वटा लामा, छोटा, वृत्तचित्र तथा एनिमेटेड फिल्ममध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।
एक दर्जन बढी रचनात्मक कार्यक्रमसमेत आयोजना गरिने छ । ‘नेपाल र विदेशी निर्माताबीच यस्तो महोत्सवले सद्भाव बढाउनेछ’, अध्यक्ष पाठकले भने ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया