ओलीले भने – रवि संसदमा ढोका खुला देखेर फुत्त पसेका होइनन्

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन् ।
आज संसदमा बोल्ने क्रममा उनले लामिछानेले प्रक्रियागत त्रुटीमात्रै गरेको बताउँदै उनी संसदको ढोका खुला देखेर नआएको प्रतिक्रिया दिएका छन् ।
‘रवि ढोका खुला देखेर फुत्त संसद पसेका होइनन् । निर्वाचन आयोगले उम्मेरवारी सदर गरेर चुनाव लड्दा अत्याधिक मत पाए,’ उनले भने, ‘प्रक्रियागत त्रुटीमा सांसद, पार्टी अध्यक्ष, गृह तथा उपप्रधानमन्त्री गयो । धेरै चिजमा धक्का गयो । यसमा रविलाई न्याय भएन भने कसले न्याय पायो ? फैसलामा न्याय त हुनुपर्यो होला ?’
उनले रविविरूद्ध उजुरी गर्ने व्यक्तिमाथि पनि प्रश्न उठाएका छन् । ‘उजुरकर्ता व्यक्ति लाई के मर्का परेर उजुरी गरे ? के कारणले उजुरी गरे बुझ्न सकिएन,’ उनले भने, ‘यसले कसले न्याय पायो पनि बुझन सकिएन ।’
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तीको प्रक्रियामा नगएको भन्दै अदालतले लामिछानेको सांसद पद बदर गरेको थियो। उक्त पद खारेज भएसँगै लामिछानेले पार्टी अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री पद गुमाएका थिए ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया