संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस
काठमाडौं । संसद् अधिवेशन अन्त्यको लागि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको हिउँदे अधिवेशन अन्त्यको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद् बैठकले संसदको हिउँदे अधिवेशन अन्त्यको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे जानकारी दिए । आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने गरी सरकारले सिफारिस गरेको हो ।
एमालेको नाराबाजीकै बीच प्रतिनिधिसभाबाट १५ फागुनमा एमसिसी अनुमोदन भएको थियो । त्यसपछि पनि संसद बैठक सुरु भएलगत्तैदेखि एमालेले नाराबाजी गर्दै आएको थियो ।
सभामुखलाई हटाउनुपर्ने र नेकपा एकीकृत समाजवादीका १४ सांसदलाई कारवाही गर्नुपर्ने माग एमालेको छ ।
बैठक चल्न पनि नसक्ने र एमालेको माग पूरा गर्न पनि नसक्ने भएपछि सरकारले हिउँदे अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिसमक्ष गरिएको बुझिएको छ ।
एमालेले भदौ २३ यता संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया