कोरोना संक्रमण बढेपछि चीनमा पुनः लकडाउन
काठमाडौं । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमित बढ्न थालेको छ । भाइरसको संक्रमण बढ्न थालेपछि चीनको जिलिन प्रान्त र सेन्जेन सहरमा लकडाउन लागू गरिएको छ । सेन्जेनमा १ करोड २५ लाख र जिलिनमा दुई करोड ४० लाख जनसंख्या छ । लकडाउनका कारण बहुराष्ट्रिय कम्पनीहरु टोयोटा, फ्याक्सगन, एप्पललगायतले काम रोक्नु परेको छ ।
चीनका विभिन्न सहरमा सोमबार मात्र कोरोना भाइरसका संक्रमितको संख्या तीन हजार ५ सय सात जना भेटिएका नेशनल हेल्थ कमिसनले मंगलबार जनाएको छ ।
नयाँ स्थानीय संक्रमणमध्ये जिलिनमा ३ हजार ७६ शानडोङमा १०६, सान्सीमा ५३, तियान्जिनमा ५१, ग्वाङ्दोङमा ४८, फुजियानमा ३३, झेजियाङमा ३१, लिओनिङमा २४, जियाङ्सुमा २०, हेबेईमा १३ जनामा संक्रमण देखिएको समाचारमा जनाइएको छ ।
बाँकी घटनाहरु सांघाई, हेइलोङजियाङ, गान्सु, बेइजिङ, गुआङ्सी, युनान, गुइझोउ, आन्हुइ र हेनानमा देखिएको जनाएको छ । सोमबार कुल ९५ वटा आयातित कोभिड-१९ का घटना सार्वजनिक भएको आयोगले आफ्नो दैनिक प्रतिवेदनमा जनाएको छ ।
सोमबार ११ हजार ९८४ जना कोरोनाका बिरामी उपचाररत थिए । जसमध्ये ८ जनाको अवस्था गम्भीर थियो । सन् २०१९ को डिसेम्बरमा चीनको हुवेइ प्रान्तको वुहान सहरबाट सुरु भएको यस रोगको प्रकोपपछि मुख्य भूमिमा कूल चार हजार ६३६ व्यक्तिको यस भाइरस संक्रमणको कारण मृत्यु भएको थियो ।
त्यहाँका सबैजसो नागरिकालाई कोरोना पुनःहुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया