कोरोना संक्रमण बढेपछि चीनमा पुनः लकडाउन
काठमाडौं । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमित बढ्न थालेको छ । भाइरसको संक्रमण बढ्न थालेपछि चीनको जिलिन प्रान्त र सेन्जेन सहरमा लकडाउन लागू गरिएको छ । सेन्जेनमा १ करोड २५ लाख र जिलिनमा दुई करोड ४० लाख जनसंख्या छ । लकडाउनका कारण बहुराष्ट्रिय कम्पनीहरु टोयोटा, फ्याक्सगन, एप्पललगायतले काम रोक्नु परेको छ ।
चीनका विभिन्न सहरमा सोमबार मात्र कोरोना भाइरसका संक्रमितको संख्या तीन हजार ५ सय सात जना भेटिएका नेशनल हेल्थ कमिसनले मंगलबार जनाएको छ ।
नयाँ स्थानीय संक्रमणमध्ये जिलिनमा ३ हजार ७६ शानडोङमा १०६, सान्सीमा ५३, तियान्जिनमा ५१, ग्वाङ्दोङमा ४८, फुजियानमा ३३, झेजियाङमा ३१, लिओनिङमा २४, जियाङ्सुमा २०, हेबेईमा १३ जनामा संक्रमण देखिएको समाचारमा जनाइएको छ ।
बाँकी घटनाहरु सांघाई, हेइलोङजियाङ, गान्सु, बेइजिङ, गुआङ्सी, युनान, गुइझोउ, आन्हुइ र हेनानमा देखिएको जनाएको छ । सोमबार कुल ९५ वटा आयातित कोभिड-१९ का घटना सार्वजनिक भएको आयोगले आफ्नो दैनिक प्रतिवेदनमा जनाएको छ ।
सोमबार ११ हजार ९८४ जना कोरोनाका बिरामी उपचाररत थिए । जसमध्ये ८ जनाको अवस्था गम्भीर थियो । सन् २०१९ को डिसेम्बरमा चीनको हुवेइ प्रान्तको वुहान सहरबाट सुरु भएको यस रोगको प्रकोपपछि मुख्य भूमिमा कूल चार हजार ६३६ व्यक्तिको यस भाइरस संक्रमणको कारण मृत्यु भएको थियो ।
त्यहाँका सबैजसो नागरिकालाई कोरोना पुनःहुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया