गृहका विवादित प्रवक्ता फेरिए, बस्नेतलाई जिम्मेवारी
काठमाडौं। सरकारले गृह मन्त्रालयको प्रवक्ता परिवर्तन गरेको छ । यसअघि सहसचिव फणिन्द्रमणि पोखरेलले गृह मन्त्रालयको प्रवक्ता र शान्ति सुरक्षा महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री प्रचण्डले सहसचिव जितेन्द्र बस्नेतलाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । यस्तै उनलाई सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको समेत जिम्मेवारी दिइएको छ ।
यसअघिका प्रवक्ता फणिन्द्र पोखरेलले एक अभियुक्त समाउन प्रहरीलाई निर्देशन दिँदा निर्देशन नमानेको भन्दै विज्ञप्ती निकालेका थिए । उक्त विज्ञप्तीसँगै उनको आलोचना भएको थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया