केक काटेर नेपाली फ्यानले मनाए नेयमारको जन्मदिन
काठमाडौं । विश्वकै लोकप्रिय खेल फुटबलका स्टार खेलाडीहरूको फ्यान, फलोअर्स नेपालमा उल्लेख्य छन् । यस्ता फ्यानहरूले आफ्ना मन पर्ने खेलाडी र तिनका टिमबारे सामाजिक सञ्जालमा प्रशंसा गरिरहेको भेटिन्छ । हालै सम्पन्न विश्व कफ फुटबल दौरान पनि कैयन् यस्ता रमाइला दृष्य देखिए ।
कतार विश्वकप सकिएको केही समयपछि नेयमारका फ्यानले उस्तै रमाइलो काम गरेका छन् । उनीहरूले ५ फेब्रुअरीमा पर्ने नेयमारको जन्मदिन एक समारोह गरी केक नै काटेर मनाए ।
नेपाली फुटबलर सुनील बललाई प्रमुख अतिथि बनाएर काठमाडौंको नयाँ बानेश्वरस्थित आश्रममा शनिबार साँझ गरिएको बर्थ डे मनाइएको हो ।
नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य जेसिका लामाले उक्त सेलिब्रेसनको भिडियो सामाजिक सञ्जालमार्फत साझा गरेकी छन् ।
हेप्पी बर्थ डे नेयमार लेखिएको ब्यानर टाँगेर तामझामसहित गरिएको बर्थ डे कार्यक्रममा फ्यानहरूले जर्सीसमेत प्रदर्शन गरे ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया