राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सापकोटा
काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव नारायणप्रसाद सापकोटालाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सापकोटा त्यसअघि भन्सार विभागका महानिर्देशक थिए ।
यसअघि रासस्वमा महानिर्देशक रहेका मदन दाहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । सापकोटाले आजै पदबहाली गर्ने जनाइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया