सरकार गठन भएको २४ दिनपछि मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुँदै
काठमाडौं । सरकार गठन भएको २४ दिनपछि मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुँदै छ । यसअघि दुई मन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा माओवादी केन्द्र रहेको थियो ।
मंगलबार तेस्रोपटक विस्तार हुन लागेको मन्त्रीपरिषद्मा माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने तयारी भएको सदीय दलका नेता भरतप्रासद साहले बताए ।
मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई सोमबार नियुक्त गरेका हुन् । मधेश प्रदेशमा माओवादी केन्द्रका ८ जाना सांसद रहेका छन् ।
जसपाका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यदवसहित पुस २९ मा तीन जना मन्त्रीले शपथ लिएका थिए । यादवलाई जसपा, एमाले, माओवादी केन्द्र र जनमत पार्टीको समर्थन रहेको छ ।
ताजा अपडेट
-
सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
-
रोनाल्डोको गोलको मद्दतमा अल नासरको सहज जित
प्रतिक्रिया