सरकार गठन भएको २४ दिनपछि मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुँदै
काठमाडौं । सरकार गठन भएको २४ दिनपछि मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुँदै छ । यसअघि दुई मन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा माओवादी केन्द्र रहेको थियो ।
मंगलबार तेस्रोपटक विस्तार हुन लागेको मन्त्रीपरिषद्मा माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने तयारी भएको सदीय दलका नेता भरतप्रासद साहले बताए ।
मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई सोमबार नियुक्त गरेका हुन् । मधेश प्रदेशमा माओवादी केन्द्रका ८ जाना सांसद रहेका छन् ।
जसपाका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यदवसहित पुस २९ मा तीन जना मन्त्रीले शपथ लिएका थिए । यादवलाई जसपा, एमाले, माओवादी केन्द्र र जनमत पार्टीको समर्थन रहेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया