सिद्धार्थले कियारालाई किनिदिए ७० करोडको अपार्टमेन्ट
एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा अड्वानी आज विवाह गर्दै छन् । विवाह पछि उनी सिद्धार्थकको मुम्बईको जुहुस्थित घरमा ‘सिफ्ट’ हुँदै छिन् । यो घरको इन्टेरियर डिजाइन अभिनेता शाहरूख खानकी श्रीमति गौरी खानले गरेकी हुन् ।
केही दिनअघिमात्रै सिद्धार्थले कियाराका लागि ३ हजार ५ सय स्क्वायर फिटको अपार्टमेन्ट खरिद गरेका छन् । जसको मूल्य ७० करोड रूपैयाँ छ ।
सिद्धार्थको कुल नेटवर्थ करिब ७५ करोड रूपैयाँ छ । उनी महिनामा करिब ५० लाख रूपैयाँ कमाउछन् भने एउटा फिल्ममा काम गरेवापत ७ करोड रूपैयाँ पारिश्रामिक लिन्छन् ।
त्यस्तै, कियाराको कुल नेटवर्थ करिब ३० करोड रूपैयाँ छ । उनी एक फिल्म गरेवापत ३ करोड रूपैयाँ पारिश्रामिक लिन्छिन् । उनको मासिक कमाइ लगभग ३५ लाख रूपैयाँ रहेको जनाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया