NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १ गते

सरकारले तेस्रो त्रैमासभित्र ८८ अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडाैं । सरकारले चालु आर्थिक वर्षको चैत्रमसान्त (माघ-चैत्र) भित्र  ८८ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

यसका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार तेस्रो त्रैमासमा ट्रजरी विलमार्फत् ६० अर्ब, विकास ऋणपत्र मार्फत् २५ अर्ब, नागरिक बचतपत्र मार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्र मार्फत ५० करोड गरेर कुल ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो ।

सरकारले दोस्रो त्रैमासमा ३० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको थियो । तेस्रो त्रैमासभित्र सरकारले ८८ अर्ब उठाउने लक्ष्य लिएको हो । पहिलो त्रैमासमा भने सरकारले आन्तरिक ऋण उठाएको  थिएन ।

वैशाखदेखि असारसम्ममा भने सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना राखेको छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष राखेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष