भूकम्पपछि टर्कीका १० प्रान्तमा आपतकाल घोषणा, चुनाव भने प्रभावित नहुने
काठमाडौं । सोमबारको शक्तिशाली भूकम्पका कारण जनधनको क्षति भएपछि टर्की सरकारले १० प्रान्तमा आपतकाल घोषणा गरेको छ । यसअघि सन् २०१६ को जुलाईमा कूको प्रयास गर्दै त्यहाँका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशभर संकटकाल लगाएका थिए ।
राष्ट्रपति अर्दोआनले एक टेलिभिजन सन्देश जारी गर्दै देशको दक्षिणी भागका १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गरिएको जनाएका छन् ।
सोमबार गएको शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा करिब ७ हजार ८ सय जनाको ज्यान गएको छ । हजारौं घाइते छन् ।
यसअघि टर्कीका आन्तरिक मन्त्री सुलेमान शोयलुले भूकम्पले देशका १० सहर काहमानमार्श, हाताय, गाजियन्टेप, उस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिसमा ठूलो प्रभाव पारेको बताएका थिए।
समाचार एजेन्सी रोयटर्सका अनुसार तीन महिनाको आपतकालका निर्वाचन अगाडि नै हट्नेछ । टर्कीमा आगामी मे १४ का लागि राष्ट्रपति र संसदीय निर्वाचन मिति घोषणा गरिएको छ ।
अर्दोआनले राहत र उद्धार कार्यमा करिब ७० देशले सहयोग गर्न हात अघि बढाएको पनि बताएका छन् ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया