बढुवा भएका सैनिकलाई दज्र्यानी चिह्न प्रदान
काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट बढुवा भएका कृष्णदेव भट्टलाई उपरथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनलाई बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मन्त्रिपरिषद्को यही माघ २३ गतेको बैठकबाट उपरथीमा बढुवा हुनुभएका भट्टलाई सैनिक मुख्यालयले प्रबन्धरथी विभागको प्रमुखको जिम्मेवारी दिएको छ । सोही समारोहमा सहायक रथीमा एक र महासेनानीमा बढुवा भएका चार जना सैनिक अधिकृतलाई बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया