भगवन्तले सर्वसाधारणको बीचमा मुख्यमन्त्रीकाे सपथ लिने
काठमाडौं । आम आदमी पार्टीका नेता भगवन्त मानले आज पञ्जाबको मुख्यमन्त्री पदको सपथ लिँदै छन् । भगवन्त मानको सपथ ग्रहण समारोह पञ्जाबको नवांसहरस्थित भगत सिंहको पैतृक गाउँ खटकड कलामा हुनेछ । यस समारोहमा कुनै भिआइपी नेतालाई निमन्त्रणा गरिएको छैन ।
सर्वसाधारण मात्रै उक्त सपथ समारोहमा सरिक हुनेछन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भने शपथ ग्रहण समारोहमा सहभागी हुनेछन् ।
पञ्जाबका राज्यपाल बनवारीलाल पुरोहितले उनलाई शपथ ग्रहण गराउनेछन् । भगवन्त मानले शपथ ग्रहण समारोहका लागि पुरुषलाई पहेँलो पगरी र महिलालाई पहेँलो सल पहिरिएर आउन आग्रह गरेका छन् । भगवन्त मान आफैं पनि पहेँलो पगरी लगाउँछन् ।
विधानसभा चुनावमा आम आदमी पार्टीले पूर्ण बहुमतका साथ पञ्जाबमा जितेको थियो । पार्टीलाई पञ्जाबको ११७ सिटमध्ये ९२ सिटमा जित मिलेको छ । कांग्रेसलाई १८, भाजपालाई २ र अकाली दलले ३ सिट जितेका थिए ।
भगवन्तले कांग्रेसका दलवीर सिंह गोल्डीलाई पराजित गरेका थिए । पञ्जाब निर्वाचनमा कतिपय दिग्गज नेता पनि पराजित भएका छन् । प्रमुख पार्टी मानिएका कांग्रेस र अकाली दल पनि खुम्चिएपछि पञ्जाबमा आम आदमी पार्टीको ऐतिहासिक जित भनिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया