महिला टि–ट्वान्टी विश्वकप आजदेखि, यस्तो छ ढाँचा र सेड्युल
काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप आजदेखि देखि सुरु हुँदैछ। दक्षिण अफ्रिकाको आयोजनामा आइसिसी महिला टी–२० विश्वकपको आठौं संस्करण हुन लागेको हो ।
प्रतियोगिताअन्तर्गत पहिलो खेल दक्षिण अफ्रिका र श्रीलंकाबीच केप टाउनमा हुँदैछ । दोस्रो खेल वेस्ट इन्डिज र इंग्ल्याण्डबीच हुने तय छ ।
फेब्रुअरी ११ मा अष्ट्रेलिया र न्युजिल्यान्डको टिम भिड्दैछन् भने भारत–पाकिस्तान महिला टोलीबीचको खेल फेब्रुअरी १२ मा केप टाउनमा खेलिनेछ। सोही दिन केप टाउनमा बंगलादेश र श्रीलंकाबीचको अर्को खेल पनि हुनेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल २३ र दोस्रो २४ फेब्रुअरीमा हुनेछ । प्रतियोगिताको फाइनल २६ फेब्रुअरीमा केप टाउनमा खेलिनेछ ।
महिला टी–२० क्रिकेट विश्वकपको पहिलो संस्करण इङ्ल्याण्डमा सन् २००९ मा सम्पन्न भएको थियो । सन् २०१२ सम्म यसमा आठ टोली सहभागी रहेकोमा सन् २०१४ मा बढेर १० पुगेको थियो ।
महिला टी–२० विश्वकपका सात संस्करण सन् २००९, २०१०, २०१२, २०१४, २०१६, २०१८ र २०२० मा सम्पन्न भएका थिए ।
कोरोना महामारीका कारण सन् २०२२ मा भने आयोजना हुन सकेन ।
यस्तो हुनेछ ढाँचा ?
महिला टी–२० विश्वकपका १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह–१ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशका टोली परेका छन् ।
भारत समूह–२ मा छ, जहाँ इंग्ल्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान र आयरल्याण्ड छन् । टिम वरीयतामा अस्ट्रेलिया पहिलो स्थानमा छ भने इंग्ल्याण्ड दोस्रोमा । न्युजिल्याण्डको महिला टोली तेस्रो र भारतीय टोली चौथो स्थानमा छ ।
दक्षिण अफ्रिका पाँचौं, वेस्ट इन्डिज छैटौं र पाकिस्तान सातौं स्थानमा छ । श्रीलंका आठौं, बंगलादेश नवौं र आयरल्यान्ड दशौं स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया