महिला टी–२० विश्वकप : को–को छन् उपाधिका दाबेदार ?

काठमाडौं । महिला टि–२० विश्वकपको आठौं संस्करण आजदेखि सुरु हुँदैछ । दक्षिण अफ्रिकामा १७ दिनसम्म चल्ने खेलमा कसले बाजी मार्ला भन्ने चासो क्रिकेट प्रेमीमा छ ।
प्रतियोगितामा अष्ट्रेलिया सबैभन्दा बलियो मानिएको छ । अष्ट्रेलियाले हालसम्म सम्पन्न सात टी–२० विश्वकपको संस्करणमा पाँच पटक च्याम्पियन बनेको छ ।
यस पटक पनि अष्ट्रेलिया उपाधि दौडमा हुनेछ । लयमा रहेकाले उसको सम्भावना बलियो ठानिएको छ
इंग्ल्याण्ड
सन् २००९ मा सुरु भएको महिला टी–२० विश्वकपको पहिलो च्याम्पियन इंग्ल्याण्ड बनेको थियो । तर २०१२, २०१४ र २०१८ मा फाइनलमा पुग्न सफल भए पनि उपाधि उचाल्न सकेन ।
इङ्ल्यान्ड महिला क्रिकेट टोलीले सन् २०२२ मा खेलेका १८ मध्ये १३ खेल जितेको छ । समग्रमा अस्ट्रेलियापछि इंग्ल्याण्ड यस विश्वकपको दोस्रो बलियो दावेदार हो ।
अर्कोतर्फ अष्ट्रेलिया र इंग्ल्याण्डबाहेक टी–२० विश्वकप ट्रफी जित्ने तेस्रो टोली वेस्ट इन्डिजको महिला क्रिकेट टिम हो ।
वेस्ट इन्डिज
सन् २०१६ मा च्याम्पियन बनेको वेस्ट इन्डिज महिला क्रिकेट टोलीले गत वर्षको प्रदर्शनले फेरि च्याम्पियन बन्ने बाटो देखाएको छैन ।
वेस्ट इन्डिज टोलीको प्रदर्शन औसतभन्दा कम भएको अवस्था छ । गत वर्ष वेस्ट इन्डिज महिला क्रिकेट टोलीले १८ खेलमध्ये पाँचमा मात्रै जित निकालेको थियो ।
न्युजिल्याण्ड
तेस्रो बलियो दाबेदारमा न्युजिल्यान्ड महिला क्रिकेट टोली छ, जसले गत वर्ष खेलेका १८ मध्ये १० खेल जितेको छ।
न्युजिल्यान्ड टोली कहिल्यै च्याम्पियन नबन्दा पनि सन् २००९ र २०१० मा फाइनलसम्म पुगेको थियो ।
भारत
भारतीय महिला क्रिकेट टोलीले गत वर्ष जनवरीदेखि कुल ३० टी–२० खेल खेलेको छ।
जसमध्ये उसले १७ खेल जितेको छ । यो विश्वकप भारतका लागि निकै महत्त्वपूर्ण छ किनभने अहिलेसम्म भारतीय टोली कहिल्यै च्याम्पियन बन्न सकेको छैन ।
यद्यपि भारतीय टोलीले २०२० मा खेलिएको पछिल्लो टी–२० महिला विश्वकपमा फाइनल पुग्ने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया