मन्त्री विक्रम पाण्डे भन्छन्– जनताको विश्वास खेर जान दिन्नँ
काठमाडौं । सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताएका छन् ।
भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने दाबी गरे ।
“आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम गर्छु”, उनले भने, “कसैलाई काखा र कसैलाई पाखा नगरी समान दृष्टिले विकासका योजना अघि बढाउँछु ।”
फरक प्रसङ्गमा मन्त्री मन्त्री पाण्डेले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धी बनाउने गरी काम गर्नुपर्ने समय आएको बताए । यसका लागि फरक सोचका साथ विद्यालयलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य गीता गुरुङ, वडाध्यक्ष श्रीकृष्ण देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद लम्साललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया