आयाक्सलाई पाखा लगाउँदै बेन्फिका क्वार्टरफाइनलमा
काठमाडौं । डच क्लब आयाक्सलाई हारउँदै पोर्चुगिज क्लब बेन्फिका युराेपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा घरेलु टोली आयाक्सलाई १–० को गोल अन्तरले हराउँदै क्वार्टफाइनलमा प्रवेश गरेको हो ।
डार्बिन नुनेजले ७७ औँ मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बनेको हो ।
यसअघि भएको पहिलो लेगमा यी दुई टोलीले २–२ को बराबरी खेलेका थिए । दोस्रो लेगको जितसँगै बेन्फिकाले समग्रमा ३–२ को नतिजा निकालेको छ ।
यस्तै, म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिगको यात्रा पनि टुंगिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एट्लेटिको म्याड्रिडसँग पराजित म्यानचेस्टर युनाइटेड च्याम्पियन्सको अन्तिम १६ बाट बाहिरिएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया