युनाइटेड पाँचौं सिजनसम्म लगातार उपाधिविहीन
काठमाडौं । इंग्लिस महारथी म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग फुटबलको यात्रा टुंगिएको छ ।
यससँगै क्रिस्टियानो रोनाल्डो, ह्यारी मग्वायरजस्ता स्टार खेलाडी रहेको युनाइटेड यस वर्ष पनि उपाधिविहीन बन्ने सम्भावना निश्चित भएको छ । युनाइटेड लगातार पाँचौं वर्ष उपाधिविहीन बन्ने भएको हो ।
गएराति च्याम्पियन्सको लिग अन्तिम १६ बाट बाहिरिएपछि युनाइटेड पाँचौं सिजन उपाधिविहीन हुने भएको हो ।
स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग १–० ले पराजित भएपछि युनाइटेड समग्रमा २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
च्याम्पियन्स लिगबाट समेत बाहिरिएकोपछि युनाइटेडको अन्तिम उपाधि आशा पनि समाप्त भएको हो ।
युनाइटेड यो वर्ष च्याम्पियन्स लिगमा मात्र उपाधि होडमा बाँकी रहेको थियो ।
सर्वाधिक ३१ उपाधि जितेको युनाइटेड यो वर्ष प्रिमियर लिगको पाँचौं स्थानमा रहँदै उपाधि होडभन्दा बाहिर पुगिसकेको छ । युनाइटेडका लागि अर्को वर्ष च्याम्पियन्स लिगमा स्थान बनाउनसमेत धौ–धौ परिरहेको छ ।
यस्तै युनाइटेड एफए कप र काराबाओ कपमा पनि बाहिरिइसकेको छ । युनाइटेड कारबाओ कपबाट त झन् तेस्रो चरणबाटै बाहिरिएको थियो ।
युनाइटेडले पछिल्लो पटक २०१७ मा युरोपा लिगको उपाधि जितेको थियो । त्यसयता युनाइटेड उपाधिविहीन रहँदै आएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया