राष्ट्रपतिमा एकीकृत समाजवादीले पनि उम्मेदवार उठाउँछ : झलनाथ खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति निर्वाचनमा नेकपा एसले पनि उम्मेदवार उठाउने बताएका छन् ।
मंगलबार प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने जिकिर गरे । राष्ट्रपतिमा तपाईंको पनि चर्चा छ नि भन्ने प्रश्नको जवाफमा सञ्चार कर्मीलाई धन्यवाद दिँदै उनले आफूपनि उम्मेदवार रहन सक्ने संकेत गरे ।
‘मेरो विषयमा चर्चा गरिदिएकोमा तपाईंलाई धन्यवाद छ । राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण एजेण्डा हो । यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,’ खनालले भने ।
‘त्यसका लागि सबै पार्टीहरू राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।’ राष्ट्रपति कसलाई बनाउने भन्नेमा सत्ता साझेदार दल एमाले र माओवादीबीच विवाद भइरहेको अवस्थामा खनालको दाबीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
उनलाई राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र खनालबीच गत विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीन घण्टा गोप्य छलफल भएको थियो ।
सम्मेलनमा सत्ता गठबन्धनतर्फ संकेत गर्दै तत्काल अहिलेको अवस्थामा गठबन्धन नभत्किने र नयाँ समीकरण बन्ने सम्भावना नभएको बताए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया