गौशला प्रहरीले थुनुवाको दुई लाख रुपैयाँ र ६ हजार पर्ने जुत्ता चोरेको आरोप

काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘बाँच्नुपर्छ केके देख्न पाइन्छ ।’ हुन पनि राज्यका विभिन्न निकायहरुमा पर्ने उजुरी केलाउँदा अहिले देशको अवस्था त्यस्तै देखिन्छ ।
उदयपुरका एकनाथ भुजेलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दर्ता गरेको एउटा उजुरीमा प्रहरीले थुनुवाको पैसा र जुत्ता चोरेको आरोप छ ।
भुजेलले उजुरीमा आफुलाई समाजसेवी दावी गरेका छन् । २०७९ असोज ५ गते उनलाई काठमाडौंस्थित पिङगलाबाट गौशला प्रहरीले पक्राउ गर्यो । प्रहरी कर्मचारीलाई अभद्र व्यवहारको आरोपमा २५ दिन हिरासतमा बसेर उनी तारिखमा छुटेका छन् ।
धरौटीमा छुटेपछि पक्राउ पर्दा जफत गरेको दुई लाख पर्ने मोबाइल, बोकेको झोला, लगाएको कपडा र ६ हजार पर्ने जुत्ता प्रहरीले फिर्ता नदिएको उनको आरोप छ ।
गौशला प्रहरीबाट आफ्नो सामान फिर्ता नपाएपछि उनले गृह सचिव समक्ष उजुरी गरेका थिए । गृह सचिवले यसमाथि आवश्यक कारवाही गर्न नेपाल प्रहरीको हेडक्वाटर पठाएका थिए ।
तर प्रहरी हेडक्वाटरले त्यसको वेवास्ता गरेको र आफ्नो सामान अहिलेसम्म फिर्ता नभएको भन्दै भुजेलले अख्तियारमा उजुरी गरेका थिए ।
अख्तियारले प्रहरीबाट नागरिकलाई अनावश्यक दु:ख दिएको भन्ने गुनासोमाथि छानविन गरि आवश्यक कारबाही गरेर जानकारी गराउन गृह सचिवलाई निर्देशन दिएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया