पपुवा न्युगिनीविरुद्ध नेपाललाई २०५ रनको लक्ष्य
काठमाडौं । एकदिवसीय विश्वकप छनोट अन्तर्गतको त्रिकोणात्मक श्रृखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध २०५ रनको लक्ष्य पाएको छ । निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै पिएनजीले २०४ रन बनाएको हो ।
पिएनजीका लागि चाल्र्स एमिनीले सर्वाधिक ५९ रन बनाए । चाड सोपेरले ३५ रन बनाए । टोरी उराले २७, लेगा सिआकाले २५, नर्मन भानुवाले २३ र असाद भालाले १९ रन बनाए ।
नेपालका लागि बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए । मल्लले पहिलोपटक एक दिवसीय खेलमा विकेट लिएका हुन् ।
१३ खेलिसक्दा पिएनजीले एक खेल पनि जितेको छैन । नेपालले ८ खेलमध्ये चारवटामा जित र चारवटामा हार बेहोरेको छ ।
समूहका सात टिममध्ये शीर्ष तीन एक दिवसीय विश्वकप छनोटको क्वालिफायरमा अघि बढ्नेछन् । ३६ अंकसहित ओमान पहिलो स्थानमा छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया