उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
काठमाडौं । उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष समेत रहेका उर्जामन्त्री लिङ्देन र क्वात्राबीच ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भेट भएको हो ।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध, द्विपक्षीय हित तथा सहयोगबारे छलफल भएको उपप्रधानमन्त्री लिङ्देनको सचिवालयले जनाएको छ । ऊर्जा तथा जलस्रोत क्षेत्रको विकासका लागि समन्वय र सहकार्य गर्ने विषयमा पनि छलफल केन्द्रित भएको थियो ।
अध्यक्ष लिङ्देनले सचिव क्वात्रालार्ई कार्यालयमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया