दक्षिण अफ्रिकामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु
जोहानेसवर्ग । दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका छन् ।
क्षेत्रीय यातायात विभागका एक अधिकारीका अनुसार घाइतेमध्ये दश जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
राजमार्ग नजिकको नदीमा पनि बसका यात्री खसेका आशङ्कामा प्रहरी गोताखोर परिचालन गरेर खोजी भइरहेको छ । दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन ।
दुर्घटना भएको भेगमा विगत केही दिनदेखि भारी वर्षा भएकाले चिप्लोमा ती सवारी साधनले नियन्त्रण गुमाएका अनुमान गरिएको छ । दक्षिण अफ्रिकाका धेरै भूभाग बाढीको चपेटामा परेका छन् । बाढीमा परी हालसम्म सात जनाको ज्यान गएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया