यी हुन् अनेरास्ववियुको अध्यक्षलगायत पदाधिकारीका दाबेदार
काठमाडौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको २३ औं महाधिवेशन सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर उद्घाटन गरेको महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
अनेरास्ववियुको अध्यक्षका लागि ४ विद्यार्थी नेताले दाबेदारी प्रस्तुत गरेका छन् ।
अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकले आकांक्षा देखाएका छन् । विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय लामिछाने वरिष्ठ उपाध्यक्ष हुन् । निरौला र विक उपाध्यक्ष हुन् भने बडाल महासचिव ।
नेतृत्वमा चार जनाले दाबी पेश गरे पनि मुख्य प्रतिस्पर्धा लामिछाने र बडालबीच हुने देखिएको छ ।
उपाध्यक्षमा टपेन्द्र शाही, जेनिशा लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीले दाबी गरेका छन् ।
महासचिवमा आधा दर्जनको दाबी छ । नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनाल महासचिवको दाबेदार हुन् ।
आफ्नो पल्ला भारी पार्न पदाधिकारीका दाबेदारले लबिङ तीव्र पारेका छन् ।
तीन दिनसम्म चल्ने महाधिवेशनले ३ महिला, १ समावेशी र ६ खुला सचिव गरी १० सचिव छनोट गर्नेछन् । महाधिवेशनले ४९ सदस्यीय स्थायी कमिटी पनि गठन गर्नेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया