फिफा क्लब विश्वकप-२०२३ साउदीमा हुने

काठमाडौं । सन् २०२३ को फिफा क्लब विश्वकप फुटबल साउदी अरेबियामा सञ्चालन हुने भएको छ ।
क्लब विश्वकप फुटबलको छैटौं संस्करण पहिलो पटक साउदीमा आयोजना गर्न लागिएको हो ।
यसअघिको संस्करण मोरक्कोमा आयोजना भएकोमा रियल मड्रिडले ट्रफी उचालेको थियो ।
यो प्रतियोगिता आगामी डिसेम्बर १२ देखि २२ सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया