एनआईसी एशिया बैंकका ग्राहकलाई केड कम्पनीमा किनमेल गर्दा २० प्रतिशत छुट
काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौं, दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रालिमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।
मंगलबार बैंकले केडसँग यस्तो सम्झौता गरेको हो । समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनी प्रा।लि।का तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरे ।
उक्त समझदारी अनुसार यस बैंकमा खाता खोलेर मोबाइल बैंकिङ्ग ९एनआइसी एशिया मोबैंक० एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहनुभएका ग्राहकले उक्त केड कम्पनीमा किनमेलगरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने बैंकका कर्मचारीहरुले २५ प्रतिशत छुटको फाइदा लिन सक्नेछन् ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ्ग सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया