ओलीको ‘रबर स्ट्याम्प’ राष्ट्रपतिविरूद्ध ढोक्सा थाप्न कांग्रेस तयार छ : प्रदीप पौडेल
काठमाडौं । कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपतिलाई एमालेले ‘रबर स्ट्याम्प’ बनाउन खोजिएको आरोप लगाएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिलाई ‘रबर स्ट्याम्प’ बन्न नदिने जिकिर गरे ।संवैधानिक मर्यादाको रक्षा गर्न र देशको अभिभावक राष्ट्रपति हो भन्ने स्थापित गर्न कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने बताए ।
‘यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ। आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ’, एमाले अध्यक्ष ओलीको प्रतिवाद गर्दै पौडेलले भने, ‘त्यस्तो राष्ट्रपतिको प्रतिवाद कांग्रेसले गर्दा ढोक्सा थापेको भनिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।
ओलीले प्रधानमन्त्रीभन्दा पनि माथि सुपर प्रधानमन्त्री भएर फुर्ती दिएको आरोप लगाउँदै आज किन सुस्त रहेको भन्दै उनले प्रश्न उठाएका छन् ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया