१२ प्रतिशतसम्म महँगी बढ्ने राष्ट्र बैंकको प्रक्षेपण
काठमाडौं । नेपाल राष्ट्र बैंकले अपेक्षित मुद्रास्फीति सर्वेक्षण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० (२०२२/२३) को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले आगामी १ वर्षपछि अपेक्षित मुद्रास्फीति १२ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । राष्ट्र बैंकले २०७९ पौष २४ देखि पौष ३० (६ दिन) सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सम्पन्न गरिएको थियो । राष्ट्र बैंकका अनुसार उक्त परिणामहरू २ हजार १० जना उत्तरदाताहरुसँग गरिएको सर्वेक्षणमा आधारित रहेको छ ।
राष्ट्र बैंकका अनुसार ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।
सर्वेक्षणअनुसार खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबकोतीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा छ । गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ ।
त्यस्तै खाद्यका साथै खाद्य उपसमूहअन्तर्गतको माछा, मासु, दूध तथा घ्यू; पेय पद्घार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया