कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लाने तयारी

काठमाडौं । सिलिन्डर ग्यास विस्फोटमा परी घाइते कांग्रेस नेता तथा प्रतिनिधिसभाका सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
हाल कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारीलाई चिकित्सकको सल्लाहअनुसार भारत लैजाने तयारी गरिएको हो ।
चिकित्सकका अनुसार, चन्द्रको फोक्सो र दाहिने भागमा बढी असर गरेको छ । यही असरलाई मध्यनजर गर्दै चिकित्सकले भारत लैजाने सल्लाह दिएका हुन् ।
घटनामा घाइते भण्डारीको आमाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।
भण्डारीको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले असावधानीबस ग्यास खुला छाड्दा दुर्घटना हुन पुगेको देखाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया