प्रधानमन्त्रीलाई रविको आग्रह–चन्द्र भण्डारीको उपचारमा कुनै कमी नहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यास विस्फोटमा परी घाइते कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारी र उनको आमाको उपचारमा कुनै कमी हुन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
बुद्धनगरस्थित निवासमा बिहीबार राति ग्यास सिलिन्डर दुर्घटना हुँदा घाइते भण्डारी र उनकी आमाको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था चिन्ताजनक छ भने भण्डारीको कलेजो, टाउकोलगायत भागमा गम्भीर असर देखिएपछि चिकित्सकले भारत लैजान सल्लाह दिएका छन् ।
लामिछानेले भण्डारीको र उनको आमाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारमा कुनै कमी आउन नदिन प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
‘प्रिय चन्द्र भन्डारी दाइ, म अन्तरआत्मादेखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्द्छु,’ उनले लेखेका छन्, ‘तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्रीज्यूई पनि विनम्र अनुरोध गरेको छु।’
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया