२०५ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरुवाती तीन झट्का
काठमाडौं । एकदिवसीय विश्वकप छनोट अन्तर्गतको त्रिकोणात्मक श्रृखलामा पपुवा न्युगिनीविरुद्ध २०५ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमा तीन झट्का लागेको छ । कुशल मल्ल १ र ज्ञानेन्द्र मल्ल ४ रनको स्थितिमा आउट भएका हुन् । दोस्रो ओभरको पहिलो बलमै भुर्तेल आउट भए ।
२.४ ओभरमा मल्ल पनि चार रनमा आउट भएका हुन् । दीपेन्द्रसिंह ऐरी ९.३ अाेभरमा ८ रन बनाएर अाउट भए । १० ओभरमा तीन विकेट गुमाएर नेपालले २४ रन बनाएको छ । निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै पिएनजीले २०४ रन बनाएको हो ।
पिएनजीका लागि चाल्र्स एमिनीले सर्वाधिक ५९ रन बनाए । चाड सोपेरले ३५ रन बनाए । टोरी उराले २७, लेगा सिआकाले २५, नर्मन भानुवाले २३ र असाद भालाले १९ रन बनाए ।
नेपालका लागि बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए । मल्लले पहिलोपटक एक दिवसीय खेलमा विकेट लिएका हुन् ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया