कस्तो ब्रेकफास्ट खाने ?
एजेन्सी । ब्रेकफास्ट गर्नु र नगर्नेबारे घरघरमा आफ्नै चलन छन् । बिहान ब्रेकफास्ट नगर्दा उच्च रक्तचाप र हृदयाघातको जोखिम बढने भारतीय चिकित्सक डा श्रीतेश मिश्र बताउँछन् । उनका अनुसार बिहानको खाजा नखाँदा तनाव बढ्छ र मस्तिष्कमा प्रत्यक्ष असर पर्छ । त्यसैले सकेसम्म विहान ब्रेकफास्ट गर्नु राम्रो हुन्छ ।
ब्रेकफास्टमा के खाने ?
सामान्यता बिहानको खाजामा दूध र फलफूल खानु उपयुक्त मानिन्छ । ब्रेकफास्टको रोजाइ फरक फरक हुन्छ । तर रोजाइ जस्तो भए पनि शरीरमा बिहान स्वस्थ हुने खाना लिनुपर्छ । बिहान चिल्लो, मसलादार र पिरो खानेकुरामा जोड दिनुहुँदैन् । बिहानको बे्रकफास्ट सादा र सन्तुलित हुनुपर्ने विशेषज्ञ बताउँछन् । विहान अण्डा, चना, मौसमी फलफूल, दलिया, ओट्स, तरकारी, दही र फलफूलको जुस खाजाका सबैभन्दा स्वस्थकर मानिन्छ ।
विहानको खाजाले धेरै समस्याबाट राहत दिन्छ । बेलुकीको खाना खाइसकेपछि हामीले एकैचोटी विहानको खाना खाँदा लामो समय पेट खाली हुन्छ । जसले एसिडिटी गराउँछ यसबाट नै पेट दुख्ने, रगतमा चिनीको मात्रा कम हुने जस्ता समस्या देखिन्छन् । त्यसै गरी यसले मधुमेह र माइग्रेनको समस्यासमेत ल्याउन सक्छ । ब्रेकफास्ट नलिदा पाचन प्रणाली सुस्त बनाउँछ । पाचन क्रिया राम्रो नहुँदा यसैबाट कपाल र छालामा पनि असर देखिन थाल्छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया