यती जहाज दुर्घटना : अन्य पाटपुर्जा खोजीको माग
काठमाडौं । गत माघ १ मा पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाजका केही महत्तवपूर्ण पाटपुर्जा खोजीका लागि पत्राचार गरिएको छ ।
सरकारले दुर्घटना सम्बन्धि छानविन गर्न गठन गरेको जाँचबुझ आयोगले ती उपकरणको खोजी गर्न यती एयरलाइन्सलाई पत्राचार गरेको हो । उपकरण खोजीका लागि आयोगले आवश्यक समन्वय माग गरेको छ ।
आयोगले जहाजका MFC(Manual Flight Control), AFU(Auto Feather Unit), GCU(General Control Unit), EEC(Electronic Engine Controls ) लगायतका उपकरहणहरूको खोजी गरी आयोगले तोकेको ठाउँमा स्थान्तरणका लागि माग गरेको छ ।
आयोगले यसअघि जारी गरेको घटनाको प्रारम्भिक प्रतिवेदनले जहाजका दुवै इन्जिनका प्रोपेलरहरू फेदरको अवस्थामा गएको जनाएको छ।
यो अवस्थामा किन गयो भन्नेबारे थप अध्ययन हुँदै छ ।जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरमा भएका विवरणका आधारमा उक्त अध्ययन गरिएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया