पपुवा न्युगिनीविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । पपुवा न्युगिनीविरुद्ध नेपालले रोमाञ्चक २ विकेटको जित निकालेको छ ।
२०५ रनको लक्ष्य पछ्याएको नेपालले नेपालले चार बल बाँकी छँदै २ विकेटको जित निकालेको हो ।
सुरुवातका चार ब्याटर सस्तैमा आउट भए पनि रोहित पौडेल र आरिफ शेखले एक सय रनको पार्टनरसिप गर्दैै खेललाई जितको आधार दिएका हुन् ।
हारतर्फ अघि बढेको नेपाललाई करण केसीले आक्रामक ब्याटिङ गर्दै अन्ततः जितसम्म पुर्याए ।
करणले २५ बलमा २९ रन जोडे ।
एक चाहिएको स्थितिमा करणले छक्का प्रहार गरेर नेपाली टिमलाई रोमाञ्चक जित दिलाएका हुन् ।
प्रतिक्रिया