अमेरिका र चीन जलवायु परिवर्तनका क्षतिको जोखिममा
काठमाडाैं ।अमेरिका र चीन जलवायु परिवर्तनका कारण हुने क्षतिको सबैभन्दा बढी जोखिममा रहेका एक प्रतिवेदनले देखाएको छ । दुवै देशका आर्थिक एवम् औद्योगिक क्षेत्र जलवायु परिवर्तनका कारण हुनसक्ने प्रतिकूल मौसमबाट जोखिममा पर्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।
जलवायु परिवर्तनबाट व्यापक क्षति र गम्भीर आर्थिक परिणाम भोग्नुपर्नेतर्फ ती देशलाई सचेत गराउँदै प्रतिवेदनले तत्काल जलवायु अनुकूलन उपाय अवलम्बन गर्न सुझाएको छ । जलवायु जोखिममा रहेका शीर्ष दश स्थानमध्ये नौ वटा चीनमा रहेका छन् । क्रस डिपेन्डेन्सी इनिसिएटिभको विश्वव्यापी ¥याङ्किङमा चीनका जियाङ्स र शान्डोङ अधिक जोखिममा छन् ।
चीनपछि अमेरिका सबैभन्दा उच्च जोखिममा रहेको मुलुक हो । विश्वव्यापी सूचीमा दशौँ स्थानमा रहेको फ्लोरिडा अमेरिकाको सर्वाधिक जोखिममा परेको राज्य हो । उच्च जोखिममा रहेको फ्लोरिडापछि क्यालिफोर्निया र टेक्सास छन् । जलवायु जोखिममा रहेका शीर्ष एक सय देशमा चीन, भारत र अमेरिकाका आधारभन्दा राज्य र प्रान्त छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया