अमेरिका र चीन जलवायु परिवर्तनका क्षतिको जोखिममा
काठमाडाैं ।अमेरिका र चीन जलवायु परिवर्तनका कारण हुने क्षतिको सबैभन्दा बढी जोखिममा रहेका एक प्रतिवेदनले देखाएको छ । दुवै देशका आर्थिक एवम् औद्योगिक क्षेत्र जलवायु परिवर्तनका कारण हुनसक्ने प्रतिकूल मौसमबाट जोखिममा पर्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।
जलवायु परिवर्तनबाट व्यापक क्षति र गम्भीर आर्थिक परिणाम भोग्नुपर्नेतर्फ ती देशलाई सचेत गराउँदै प्रतिवेदनले तत्काल जलवायु अनुकूलन उपाय अवलम्बन गर्न सुझाएको छ । जलवायु जोखिममा रहेका शीर्ष दश स्थानमध्ये नौ वटा चीनमा रहेका छन् । क्रस डिपेन्डेन्सी इनिसिएटिभको विश्वव्यापी ¥याङ्किङमा चीनका जियाङ्स र शान्डोङ अधिक जोखिममा छन् ।
चीनपछि अमेरिका सबैभन्दा उच्च जोखिममा रहेको मुलुक हो । विश्वव्यापी सूचीमा दशौँ स्थानमा रहेको फ्लोरिडा अमेरिकाको सर्वाधिक जोखिममा परेको राज्य हो । उच्च जोखिममा रहेको फ्लोरिडापछि क्यालिफोर्निया र टेक्सास छन् । जलवायु जोखिममा रहेका शीर्ष एक सय देशमा चीन, भारत र अमेरिकाका आधारभन्दा राज्य र प्रान्त छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया