डेढ अर्ब बचत रहेको सहकारीका अध्यक्ष सम्पर्कविहीन
काठमाडौं । एक अर्ब ४८ करोड ५५ लाखभन्दा बढी रकम जम्मा भएको विराटनगर–२ स्थित तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा सम्पर्कविहीन भएका छन् ।
रकम फिर्ता माग्दै बचतकर्ता आन्दोलनमा रहेका बेला अध्यक्ष सम्पर्कविहीन भएका हुन् । बचतकर्ताको आन्दोलनका कारण सहकारी सातायता बन्द छ ।
सहकारीमा बचत रकम झिक्न जाँदा सर्वसाधारणलाई फिर्ता नदिई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई पक्राउ गरेको छ । मोरङ प्रशासनले सञ्चालकहरूको बैंक खाता र सहकारीका विभिन्न स्थानमा रहेका अचल सम्पत्ति रोक्का गरेको छ ।
विराटनगर प्रबन्धक मन्दीप खवासले र्आिक मन्दीका कारण लगानी प्रभावित हुँदा निक्षेपकर्ताको रकम फिर्ता गर्न समस्या भएको दाबी गरेका छन् । उनका अनुसार, विराटनगरमा मात्र करिब ६ हजार सर्वसाधारणको ६५ करोड बचत छ । मोरङ, झापा, सिरहा र उदयपुरमा गरी यो सहकारीमा सर्वसाधारणले १ अर्ब ४८ करोड ५५ लाख रूपैयाँ बचत गरेका छन्, कान्तिपुरमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया