पोखरामा आजदेखि गल्फ प्रतियोगिता सुरू
कास्की । कास्कीको पोखरास्थित हिमालयन गल्फ कोर्समा आजदेखि सूर्य नेपाल गल्फ टुर, २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न सुरु हुँदैछ । सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ संस्करण हो ।
माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमि र विजयपुर नदीको किनारामा रहेको देशकै प्राकृतिकरूपमा सुन्दर गल्फ कोर्समा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रोफेसनल गल्फर्स एशोसिएशन नेपालको आयोजना तथा सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर प्रतियोगी हभागी हुने एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिए ।
यस वर्ष प्रतियोगिताको नगद राशि वृद्धि गरेर आठ लाख पु¥याइएको छ । प्रतियोतिाको विजेताले एक लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया