राष्ट्रपति निर्वाचन : आयोगले सार्वजनिक गर्यो मतदाता नामावली
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि ८८१ जनाको मतदाता नामावली सार्वजनिक गरेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले सो नामावली सार्वजनिक गरेको हो। आयोगले सार्वजनिक गरेको नामावलीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ ।
अधिकृतको कार्यालय अनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि बिहीबार १२ बजेसम्म तोकिएको छ ।
निवेदन तथा उजुरी उपर छानविन गरी फागुन १२ गते ४ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ । राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया