यी हुन् राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने सांसदहरू
काठमाडौं । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा संघीय संसदका तीन जना सांसदले भोट हाल्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको मतदाता नामावली अनुसार संघीय संसद (राष्ट्रिय सभा र प्रतिधिनिसभा)को ३३४ सांसदमध्ये ३३१ जना सांसदको मात्र नामावली सार्वजनिक गरेको छ । त्यस्तै प्रदेशसभाका ५५० जना सदस्य नामावलीमा समावेश रहेका छन् ।
निर्वाचनमा भाग लिन नपाउनेमा चितवन–२ बाट निर्वाचित रास्वपाका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतले पदमुक्त गरिसकेको छ । उनी पदमुक्त भएपछि उक्त क्षेत्र अहिले रिक्त रहेको छ ।
यसैगरी निलम्बित सांसद टेकबहादुर गुरुङले पनि मतदान गर्न नपाउने भएका छन् । उनको नाम पनि मतदाता नामावलीमा समावेश छैन । कांग्रेसका सांसद रहेका उनी मंसिर ४ मा भएको निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गुरूङ भ्रष्टाचारको अभियोगमा निलम्बित छन् ।
त्यस्तै कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश छैन । आगजनी तथा मान्छे कुटपिट मुद्दामा उनी पक्राउ परेका थिए ।
चौधरी राष्ट्रपतिबाट माफी पाएर जेल मुक्त भैसकेका छन् । उनी पक्राउ परेको सूचना संसद सचिवालयमा सुनाइएको अवस्थामा मतदाता नामावली अन्तिम गरिएका कारण उनको नाम समावेश नभएको हो । निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।
यस्तै फरार सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा समावेश छ । आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मतदाता नामावलीमाथि बिहीबरसम्म दाबी विरोध गर्न पाइनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया