राष्ट्रपतिको विषयमा देउवा र एकीकृत समाजवादीका शीर्ष नेताबीच छलफल
काठमाडौं । राष्ट्रपतिको विषयलाई लिएर कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।
बुधबार अपरान्ह देउवा निवास धुम्बाराहीमा भएको छलफलमा राष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित रहेको नेकपा एसका सचिवालय सदस्यले जानकारी दिएका छन् । ती सदस्यका अनुसार विकसित राजनीतिक घटनाक्रमको ख्याल गर्दै सहमतिको आधारमा कसरी उम्मेदवार चयन गर्न सकिन्छ भन्नेबारे छलफल भएको छ ।
एकीकृत समाजवादीको दिउँसो बसेको सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारको विषयमा सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको थियो । बैठक लगत्तै देउवालाई भेट्न शीर्ष नेताहरू धुम्बाराही पुगेका हुन् ।
फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेमा सत्तापक्ष र प्रतिपक्ष दलबीच सकस भइरहेको अवस्थामा एमालेले विकल्पको रूपमा माधव नेपाललाई सारेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया