राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, अहिले बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बैठक तय छ ।
बिहीबार बस्ने बैठकमा मुख्य रूपमा राष्ट्रपति उम्मेदवारबारे छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए ।
यही फागुन २५ का लागि तोकिएको राष्ट्रपति निर्वाचनको उम्मेदवार मनोनयन शनिबार हुँदैछ । कांग्रेसले यो निर्वाचनमा माओवादीलाई आफूतिर तानेर राष्ट्रपति आफूले लिने र सत्तागठबन्धन नै विघटन गराउने रणनीति लिएको छ । यसका लागि कांग्रेस र माओवादी नेताबीच छलफल घनिभूत भएको र लिखित् सहमतिनजिक पुगेको चर्चा राजनीतिक वृत्तमा छ ।
कांग्रेसमा यसअघि रामचन्द्र पौडेल र कृष्ण सिटौलाले राष्ट्रपतिमा आकांक्षा देखाएकोमा पछिल्लो पटक देउवा पनि थपिएको बताइन्छ । जित्ने स्थितिमा यिनै नाममध्येबाट कांग्रेसले राष्ट्रपति उम्मेदवार खडा गर्ने अनुमान छ ।
तर परिस्थति कांग्रेस अनुकूल भइसकेको छैन । एमाले अध्यक्ष ओलीले माधव नेपाललाई अघि सारेकाले प्रचण्डलाई उनको नाम पन्छाउन धर्म संकट परेको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया