राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, अहिले बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बैठक तय छ ।
बिहीबार बस्ने बैठकमा मुख्य रूपमा राष्ट्रपति उम्मेदवारबारे छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए ।
यही फागुन २५ का लागि तोकिएको राष्ट्रपति निर्वाचनको उम्मेदवार मनोनयन शनिबार हुँदैछ । कांग्रेसले यो निर्वाचनमा माओवादीलाई आफूतिर तानेर राष्ट्रपति आफूले लिने र सत्तागठबन्धन नै विघटन गराउने रणनीति लिएको छ । यसका लागि कांग्रेस र माओवादी नेताबीच छलफल घनिभूत भएको र लिखित् सहमतिनजिक पुगेको चर्चा राजनीतिक वृत्तमा छ ।
कांग्रेसमा यसअघि रामचन्द्र पौडेल र कृष्ण सिटौलाले राष्ट्रपतिमा आकांक्षा देखाएकोमा पछिल्लो पटक देउवा पनि थपिएको बताइन्छ । जित्ने स्थितिमा यिनै नाममध्येबाट कांग्रेसले राष्ट्रपति उम्मेदवार खडा गर्ने अनुमान छ ।
तर परिस्थति कांग्रेस अनुकूल भइसकेको छैन । एमाले अध्यक्ष ओलीले माधव नेपाललाई अघि सारेकाले प्रचण्डलाई उनको नाम पन्छाउन धर्म संकट परेको छ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया