ताजकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प, चीनसम्म धम्का

काठमाडौं । ताजकिस्तान केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । पूर्वी ताजिकिस्तानको मुर्गोबबाट ६७ किलोमिटर पश्चिम केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
अहिलेसम्म प्राप्त प्रारम्भिक जानकारीमा यसको तीव्रता ६.८ म्याग्निच्युड रहेको बताइएको छ ।
समाचार एजेन्सी एफपीले स्थानीय समय अनुसार बिहान ५ः३७ मा भूकम्प गएको र यसको केन्द्र जमिनबाट २०.५ किलोमिटर मुनि रहेको जनाएको छ । भूकम्पको धक्का चीनसम्म महसुस भएको छ ।
भूकम्पको केन्द्रबिन्दु भएको स्थान घना आवादि भएको क्षेत्र हो । तर अहिलेसम्म भूकम्पबाट भएको धनजनको क्षतिबारे कुनै विवरण नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जदाएका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया