लामो समयपछिको वर्षाले किसान खुसी
इलाम । लामो समयपछि पानी परेपछि इलामका किसान खुसी भएका छन् । हिजो साँझदेखी रातिसम्म पानी परेकाले किसान खुसी भएका हुन् । असोजको पहिलो हप्तादेखि पानी नपरेकामा हिजो साँझदेखि रातिसम्म पानी परेको थियो ।
पानी परेपछि अलैँची र चिया किसानले ठूलो राहत महसुस गरेका छन् । आलु, तोरी तथा तरकारी लगाएका किसानले पनि लामो समय पछिको वर्षाका कारण राहत महसुस गरेका गरे । किसान सन्तोष राईले पानी परेपछि अब तरकारी खेतीमा चिस्यान हुन पुगेकाले ठूलो राहत मिलेको बताए ।
उनले यो याममा पानी परेपछि फागुन अन्तिमदेखि नै चिया पलाउने र तोरी, गहुँलगायत बाली पनि सप्रिन्छ भने । लामो समयसम्म वर्षा नहुँदा जमिन सुक्खा भएकाले किसानले बारी खनजोत गर्नसमेत पाएका थिएनन् । अब भने सहजरुपमा खनजोत गर्न पाइने यहाँका किसानको भनाइ थियो । पानी नपरेपछि खोलानाला सुक्दै गएका थिए । खोला खोल्सामा पानी नहुँदा सिंचाइमा समेत समस्या हुँदै आएको थियो । अब भने केही समयका लागि पाइप लगाएर सिचाइमा खट्नु नपर्ने किसानको भनाइ थियो ।
पानीले घाँससमेत छिटो पलाउने भएकाले यहाँका पशुपालक किसानसमेत उत्साहित भएका छन् । तराईबाट सुख्खा पराल ल्याउनु पर्ने बाध्यता रहेकामा अहिले परेको पानीले समयमै घाँससमेत पलाउने उनीहरुको अपेक्षा थियो । सुख्खा नलागे वैशाखदेखि बर्खे घाँस काट्न पाइने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया