प्रधानमन्त्रीलाई भेट्न बालुवाटार किन गए ओली ?
काठमाडौं । चुनाव अघिको गठबन्धन ब्युँताउन माओवादी केन्द्र, कांग्रेससहितका नेताहरूबीच सहमति भएपछि प्रधानमन्त्रीलाई भेट्न एमालेका अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार पुराना गठबन्धनका नेताहरूको बैठक सकिए लगत्तै प्रचण्डलाई भेट्न ओली बालुवाटार आएका हुन् ।
भोलि हुने राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्तामा एमालेले आफ्नो उम्मेदवार उठाउने तयारी गरेको छ । तर राष्ट्रपतिको निर्वाचनमा एमालेको उम्मेदवारलाई समर्थन नगर्ने मुडमा प्रधानमन्त्री रहेका छन् । त्यसको विकल्पमा ओलीले पूर्वप्रधानमन्त्री माधव नेपालको नाम प्रस्ताव गरी गठबन्धन जोगाउन चाहेका छन् ।
बिहान कांग्रेस, माओवादीसहित चार दलको बैठकमा आफ्नो उम्मेदवारलाई समर्थन गर्न देउवाले प्रस्ताव गरेका छन् । राष्ट्रपतिमा आफ्नो दाबी नेपालले यथावत राखेका छन् । करिब ३ घण्टा भएको छलफलमा कांग्रेससहित दलले भने चुनावको बेलाको गठबन्धन ब्युँताउन खोजेका छन्।
ताजा अपडेट
-
कोशीको राजनीतिमा रोचक दृश्य: एकातिर मुद्दा, अर्कातिर सत्ता
-
विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
-
ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु
-
मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति
-
कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
प्रतिक्रिया