राष्ट्रपति चुनावको उम्मेदवारी दर्ता आज, यस्तो छ कार्यतालिका
काठमाडौं । नयाँ राष्ट्पतिका लागि आज मनोनयन दर्ताको दिन हो । मनोनयनका लागि केहि घण्टाअघि मात्र नेपाली कांग्रेसले ८ दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा रामचन्द्र पौडेलको नाम अघि सारेको छ ।
पौडेल कांग्रेसका बरिष्ठ नेता समेत हुन् ।
नेकपा एमालेसँग अलग्गीएर प्रधानमन्त्री प्रचण्डले हिजो चुनाव अघिकै गठबन्धन व्युँताएका थिए ।
उम्मेदवारी दर्ताका लागि आज पौने १ बजे गठबन्धनका सबै नेताहरु संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र २ बजेपछि मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ ।
नेकपा एमालेले भने अहिलेसम्म आफ्नो तर्फबाट राष्टपतिको उम्मेदवारमा कसलाई उठाउने भन्ने नाम सार्वजनिक गरेको छैन । सत्ता साझेदार माओवादी केन्द्र कांग्रेससँगको गठबन्धनमा सामेल भएपछि राष्टपति निर्वाचनमा एमाले कमजोर बनेको छ ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया