मेयर बालेनलाई राजीनामा गर्न कसले भन्यो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई राजीनामा दिन दवाव दिएको सार्वजनिक गरेका छन् ।
उनले सामाजिक संजाल ट्वीटरमार्फत यस्तो विवरण सार्वजनिक गरेका हुन् ।
उनले ट्वीट गरेका छन्, ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन ।’
तर उनले कसले किन राजीनामा दिन लगाउँदैछन् भन्नेबारे खुलाएका छैनन् ।
मेयरमा निर्वाचित भएपछि बालेनले अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणीहरु भइरहेका बेला बालेनले यस्तो भनाई सार्वजनिक भएको हो ।
प्रतिक्रिया